अष्ट्रेलिया र न्युजिल्याण्डका १२ सय नेपाली स्वदेश फर्कन तयार « Khabarhub

अष्ट्रेलिया र न्युजिल्याण्डका १२ सय नेपाली स्वदेश फर्कन तयार


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलिया र न्युजिल्याणमा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् ।

कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै क्यानबेरास्थित नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका छन् ।

सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध गरेपछि क्यानवेरास्थित नेपाली दूतावासले गत मे २९ तारिखमा नेपाल फर्कि हाल्नुपर्ने कारण खुलाएर अनलाईन फारम भर्न सूचना जारी गरेको थियो ।

फारम भर्ने अन्तिम दिन जुन २ तारिख साँझ ५ बजेसम्म १२ सय जना नेपालीले नेपाल फर्कन माग गर्दै अनलाईन फारम भरेको राजदूत महेशराज दाहालले जानकारी दिए ।

उनीहरूलाई अब विभिन्न चरणमा उद्दार गरिने बताइएको छ । मार्च २५ तारिखदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय उडान बन्द गरेर लकडाउन सुरु गरेको थियो ।

हवाई उडान बन्द भएपछि कार्यक्रममा भाग लिन आएका, छोराछोरी भेट्न आएका तथा विभिन्न भिजिट भिसामा आएका नेपालीहरु अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ५९ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १