५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण « Khabarhub

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी पृथ्वीमा फर्किएको छ ।

अन्तरिक्ष इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै नासाको ‘आर्टेमिस–२’ का चार अन्तरिक्ष यात्रीहरू १० दिने चन्द्र यात्रा पूरा गरी नेपाली समय अनुसार शनिबार बिहान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण गरेका हुन् ।

क्यालिफोर्नियाको तट नजिकै प्यारासुटको सहायताले क्याप्सुललाई सुरक्षित रूपमा समुद्रमा खसालिएको थियो, जहाँ अमेरिकी नौसेना र नासाको टोली पहिले नै उद्धारका लागि तयारी अवस्थामा थिए ।

क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा करिब २५ हजार माइल प्रतिघन्टाको अत्यधिक गतिमा थियो । वायुमण्डलको घर्षणका कारण क्याप्सुलको बाहिरी भागले करिब २,७०० डिग्री सेल्सियस तापक्रम सहेको थियो ।

यस अभियानले मानव जातिले अन्तरिक्षमा तय गरेको दूरीको ५० वर्ष पुरानो रेकर्ड समेत तोडेको छ। सन् १९७२ को ‘अपोलो–१७’ मिसनपछि चन्द्रमाको नजिक पुग्ने यो पहिलो मानवसहितको मिसन हो ।

अप्रिल ६ मा चन्द्रमाको वरिपरि घुम्ने क्रममा यो स्पेसक्राफ्ट पृथ्वीबाट ४ लाख किलोमिटर बढी टाढा पुगेको थियो । यो मानिसले अन्तरिक्षमा यात्रा गरेको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी हो ।

को–को थिए अन्तरिक्ष यात्री ?
आर्टेमिस–२ को ऐतिहासिक चन्द्रयात्रामा रहेका अन्तरिक्ष यात्रीहरू
१) रिड वाइसम्यान (कमान्डर)
२) भिक्टर ग्लोभर (पाइलट) – चन्द्रमाको यात्रा गर्ने पहिलो अश्वेत व्यक्ति ।
३) क्रिस्टिना कोच (मिसन स्पेसलिस्ट) – चन्द्रमाको यात्रा गर्ने पहिलो महिला ।
४) जेरेमी ह्यान्सन (मिसन स्पेसलिस्ट)– चन्द्रमाको यात्रा गर्ने पहिलो क्यानेडियन नागरिक ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ५७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा