स्यानिटाइजरको प्रयोग स्वास्थ्यका लागि खतरनाक पनि ! « Khabarhub

स्यानिटाइजरको प्रयोग स्वास्थ्यका लागि खतरनाक पनि !


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरस महामारीका रुपमा फैलिरहेका बेला यसबाट बच्न अनेकौं उपायलाई अपनाइँने गरिएको छ ।

कोरोनाको संक्रमण नहोस् भनेर स्यानिटाइजरको प्रयोग गरिन्छ । अधिकांशले प्रयोग गर्ने सामग्री हो सेनिटाइजर । तर यहि स्यानिटाइजरको अधिकतम प्रयोग पनि खतरा साबित हुनसक्छ ।

चिकित्सकका अनुसार स्यानिटाइजरको अधिकतम प्रयोग स्वास्थ्यका लागी हानिकारक तथा खतरनाक हुनसक्छ ।

के कारणले स्यानिटाइजरको प्रयोग खतरनाक हुन्छ ?

१.शरीरलाई फाइदा गर्ने व्याक्टेरिया पनि मर्छ
शरीरमा फाइदाजनक र हानिकारक दुबै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । तर स्यानिटाइजरको अधिकतम प्रयोगले हानिकारक ब्याक्टेरियाका साथसाथै शरीरलाई फाइदा पुर्‍याउने राम्रो ब्याक्टेरियालाई पनि मार्छ । तर शरीरमा राम्रो ब्याक्टेरीया हुनु अति आवश्यक हुन्छ ।

२. साबुन नहुँदाको विकल्प
एक रिपोर्टको दाबा अनुसार साबुनपानीले हात धुनु सबैभन्दा प्रभावकारी मानिन्छ । कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने यो नै सबैभन्दा राम्रो विकल्प हो । तसर्थ साबुन नहुँदाको विकल्पका रुपमा मात्र स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ ।

३. फोहोर सफा गर्दैन
स्यानिटाइजरले फोहोर हातलाई सफा गर्न सक्दैन । अर्थात हातमा भएको फोहोर हटाउन स्यानिटाइजर विकल्प होइन । तसर्थ फोहोर हात सफा गर्न साबुनपानीले हात धुनु नै सबैभन्दा राम्रो विकल्प हो ।

४. बारम्बार हाच्छ्यु गर्दा प्रयोग गर्नुहुन्न
यदि तपाई आसपासको कुनै ब्यक्तिले बारम्बार हाच्छुयु गर्दछ वा तपाईं आफैलाई हाच्छ्यु आइरहेको छ भने हरेक पटक स्यानिटाइजरको प्रयोग गर्नु हानिकारक हुन्छ । यस्ता परिस्थितिमा इन्फेक्सन हुने खतरा हुन्छ ।

५. छालामा नकारात्मक असर
स्यानिटाइजरको अधिकतम प्रयोगले हातको छालमा नकारात्मक असर पार्न सक्छ । छाला सुख्खा हुने, चिलाउने लगायतका समस्या आइलाग्न सक्छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ०१ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम