स्यानिटाइजरको प्रयोग स्वास्थ्यका लागि खतरनाक पनि ! « Khabarhub

स्यानिटाइजरको प्रयोग स्वास्थ्यका लागि खतरनाक पनि !


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरस महामारीका रुपमा फैलिरहेका बेला यसबाट बच्न अनेकौं उपायलाई अपनाइँने गरिएको छ ।

कोरोनाको संक्रमण नहोस् भनेर स्यानिटाइजरको प्रयोग गरिन्छ । अधिकांशले प्रयोग गर्ने सामग्री हो सेनिटाइजर । तर यहि स्यानिटाइजरको अधिकतम प्रयोग पनि खतरा साबित हुनसक्छ ।

चिकित्सकका अनुसार स्यानिटाइजरको अधिकतम प्रयोग स्वास्थ्यका लागी हानिकारक तथा खतरनाक हुनसक्छ ।

के कारणले स्यानिटाइजरको प्रयोग खतरनाक हुन्छ ?

१.शरीरलाई फाइदा गर्ने व्याक्टेरिया पनि मर्छ
शरीरमा फाइदाजनक र हानिकारक दुबै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । तर स्यानिटाइजरको अधिकतम प्रयोगले हानिकारक ब्याक्टेरियाका साथसाथै शरीरलाई फाइदा पुर्‍याउने राम्रो ब्याक्टेरियालाई पनि मार्छ । तर शरीरमा राम्रो ब्याक्टेरीया हुनु अति आवश्यक हुन्छ ।

२. साबुन नहुँदाको विकल्प
एक रिपोर्टको दाबा अनुसार साबुनपानीले हात धुनु सबैभन्दा प्रभावकारी मानिन्छ । कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने यो नै सबैभन्दा राम्रो विकल्प हो । तसर्थ साबुन नहुँदाको विकल्पका रुपमा मात्र स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ ।

३. फोहोर सफा गर्दैन
स्यानिटाइजरले फोहोर हातलाई सफा गर्न सक्दैन । अर्थात हातमा भएको फोहोर हटाउन स्यानिटाइजर विकल्प होइन । तसर्थ फोहोर हात सफा गर्न साबुनपानीले हात धुनु नै सबैभन्दा राम्रो विकल्प हो ।

४. बारम्बार हाच्छ्यु गर्दा प्रयोग गर्नुहुन्न
यदि तपाई आसपासको कुनै ब्यक्तिले बारम्बार हाच्छुयु गर्दछ वा तपाईं आफैलाई हाच्छ्यु आइरहेको छ भने हरेक पटक स्यानिटाइजरको प्रयोग गर्नु हानिकारक हुन्छ । यस्ता परिस्थितिमा इन्फेक्सन हुने खतरा हुन्छ ।

५. छालामा नकारात्मक असर
स्यानिटाइजरको अधिकतम प्रयोगले हातको छालमा नकारात्मक असर पार्न सक्छ । छाला सुख्खा हुने, चिलाउने लगायतका समस्या आइलाग्न सक्छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ०१ बजे

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा