एम्बुलेन्स बाहेकका सवारीलाई मनाङ प्रवेशमा रोक « Khabarhub

एम्बुलेन्स बाहेकका सवारीलाई मनाङ प्रवेशमा रोक


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ ।

मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ ।

मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ ।

देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । घलेका अनुसार धेरैजसो जिल्लामा सङ्क्रमण फैलिसकेकाले मनाङमा सङ्क्रमण प्रवेश हुन नदिनका लागि यस्तो निर्णय गरिएको हो ।

जिल्लाको प्रवेश नाका नासों गाउँपालिका–१ तालडाँडामा जाँचचौकी बनाएर कडाइ गरिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा जाँचचौकी राखेर नै कडाइका साथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको उनले बताए । ‘यहाँका बासिन्दालाई सुरक्षित बनाउने पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो, त्यसैले कडाइ गरे यहाँ सङ्क्रमण फैलिन पाउँदैन भन्ने हेतुले २४ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएका छौँ’, घलेले भने ।

बन्दाबन्दीको अवस्थामा आउने गरेका तरकारी, फलफूल, मासु र पेयपदार्थको भने यही जेठ १७ गतेदेखि आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

‘बन्दाबन्दीको अवधिमा अत्यावश्यक खाद्यान्न, ग्यास, विकास निर्माणसम्बन्धी सामग्री, औषधि तथा एम्बुलेन्सलगायतका सवारी आवातजावात गरिएको थियो, तर देशैभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यहाँ पनि सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्ने प्रयत्न गरिरहेका छौँ, मनाङवासीको सुरक्षालाई मध्यनजर गर्दै प्रवेशमा कडाइका साथै रोक लगाएका छौँ’, प्रजिअ पौडेलले भने ।

औषधि तथा एम्बुलेन्सलगायत सवारी साधनले मात्रै मनाङ प्रवेश गर्न अनुमति पाउनेछन् । नाकामा कडा जाँचपछि मात्रै जिल्ला प्रवेश गराउने भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  २ : ३८ बजे

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः