एम्बुलेन्स बाहेकका सवारीलाई मनाङ प्रवेशमा रोक | Khabarhub Khabarhub

एम्बुलेन्स बाहेकका सवारीलाई मनाङ प्रवेशमा रोक


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ ।

मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ ।

मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ ।

देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । घलेका अनुसार धेरैजसो जिल्लामा सङ्क्रमण फैलिसकेकाले मनाङमा सङ्क्रमण प्रवेश हुन नदिनका लागि यस्तो निर्णय गरिएको हो ।

जिल्लाको प्रवेश नाका नासों गाउँपालिका–१ तालडाँडामा जाँचचौकी बनाएर कडाइ गरिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा जाँचचौकी राखेर नै कडाइका साथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको उनले बताए । ‘यहाँका बासिन्दालाई सुरक्षित बनाउने पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो, त्यसैले कडाइ गरे यहाँ सङ्क्रमण फैलिन पाउँदैन भन्ने हेतुले २४ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएका छौँ’, घलेले भने ।

बन्दाबन्दीको अवस्थामा आउने गरेका तरकारी, फलफूल, मासु र पेयपदार्थको भने यही जेठ १७ गतेदेखि आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

‘बन्दाबन्दीको अवधिमा अत्यावश्यक खाद्यान्न, ग्यास, विकास निर्माणसम्बन्धी सामग्री, औषधि तथा एम्बुलेन्सलगायतका सवारी आवातजावात गरिएको थियो, तर देशैभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यहाँ पनि सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्ने प्रयत्न गरिरहेका छौँ, मनाङवासीको सुरक्षालाई मध्यनजर गर्दै प्रवेशमा कडाइका साथै रोक लगाएका छौँ’, प्रजिअ पौडेलले भने ।

औषधि तथा एम्बुलेन्सलगायत सवारी साधनले मात्रै मनाङ प्रवेश गर्न अनुमति पाउनेछन् । नाकामा कडा जाँचपछि मात्रै जिल्ला प्रवेश गराउने भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  २ : ३८ बजे

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार

वीरगञ्ज– पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म

अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

काठमाडौं– जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार