पश्चिम रुकुममा वडाध्यक्षसहितको टोलीले प्रहरी चौकी तोडफोड गर्‍यो « Khabarhub

पश्चिम रुकुममा वडाध्यक्षसहितको टोलीले प्रहरी चौकी तोडफोड गर्‍यो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिम रुकुम – पश्चिम रुकुममा वडाध्यक्षसहितको टोलीले प्रहरी चौकी तोडफोड गरेको छ ।

मदिरा सेवनगरि गएका वडाध्यक्षसहितको टोलीले पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा तोडफोड गरेको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले प्रहरी चौकी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

वडाध्यक्ष केसीले मदिरा सेवन गरी प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरे लगत्तै चौकी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १ : १४ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि