लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्दै « Khabarhub

लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्दै


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस(कोभिड १९) संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

छलफलका लागि प्रधानमन्त्रीले आज ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार विभिन्न क्षेत्रका २५ जनालाई परामर्शका लागि बालुवाटार बोलाइको छ । प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समीक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा विश्लेषणसहित छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटर स्रोतले जनाएको छ श्र

चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो ।

यसअघि कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले बिभिन्न व्यापारी व्यवसायीसँग मंगलबार छलफल गरेको थियो । छलफलमा सहभागी उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउनुपर्ने र उद्योग सञ्चालन गर्न दिनुपर्ने माग राखेका थिए ।

सरकारले ३२ जेठसम्म लकडाउन घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  २ : ५४ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।