५ सय भारतीय मजदूर सीमामा अलपत्र « Khabarhub

५ सय भारतीय मजदूर सीमामा अलपत्र


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा ५ सय भारतीय नागरिक अलपत्र परेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टाका सञ्चालकले मजदुरलाई घर फर्कन भनेपछि घरतर्फ फर्कने क्रममा उनीहरू सीमामै रोकिएका छन् ।

भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन् । नेपाल भारत सीमा दशगजा क्षेत्रमा करिब ५ सयभन्दा बढी भारतीय नागरिक २४ घण्टादेखि रोकिएका छन् ।

केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र परेका उनीहरुलाई प्रहरीको सहयोगमा मेची नगरपालिकाले दशगजामा लगेर छाडिएको थियो । अलपत्र परेका भारतीय नागरिकलाई लैजानका लागि भारतीय सुरक्षाकर्मीमार्फत अनुरोध गरिरहेको इलका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनका अनुसार यसरी दशगजा क्षेत्रमा अलपत्र पर्ने काठमाडौँ, लहान, विराटनगर, धरान र झापाकै विभिन्न उद्योगमा काम गर्ने मजदुर रहेका छन् ।

अलपत्र भारतीय नागरिकलाई काँकडभिट्टा सोसाइटीले खाना खुवाइरहेको बताउँदै उनले भने, “दशगजामा नेपालबाट फर्कने भारतीय नागरिकलाई भारत सरकारले अनुमति नदिँदा भीडभाड बढेको छ । खुट्टा टेक्ने ठाउँ छैन, काँकडभिट्टा बसपार्कमा उस्तै छ । यहाँ कोरोना सङ्क्रमणको जोखिमका साथै मानवीय सङ्कट आउने सम्भावना देखिएको ।”

भारतले आफ्ना नागरिकलाई अलपत्र पारेर नाकामा राख्न नमिल्ने बताउँदै उनले उनीहरुलाई भारत आफैँले बुझेर लैजानुपर्ने बताए । भारतका विभिन्न स्थानबाट फर्किएर सीमा नाकासम्म आइपुगेका नेपालीलाई सुरक्षित किसिमले उद्धार गरेर आफ्ना जिल्लामा पठाइरहेको पनि उनले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ३ : २६ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि