सरकारविरुद्ध भद्र अवज्ञा आन्दोलनको विकल्प छैन - देउवा | Khabarhub Khabarhub

सरकारविरुद्ध भद्र अवज्ञा आन्दोलनको विकल्प छैन – देउवा


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीलाई कर तिर्न जारी गरेको उर्दि नसच्याए भद्र अवज्ञा आन्दोलनको विकल्प नभएको बताएका छन् ।

सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण व्यवसायमा समस्या परेकोतर्फ सरकारले ध्यान दिन नसकेको भन्दै आलोचना समेत गरेका छन् ।

देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘साना—ठुला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’

लकडाउनका कारण ब्यवसायीहरुले भोग्नु परेको जटिलता सम्बोधन गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको रहेको सभापति देउवाको भनाई छ ।

सरकार व्यवसायीको समस्या समाधानमा गम्भिर नभएको भन्दै कर तिर्न ताकेता गर्नु बुझेर पनि बुझ पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु भएको बताएका छन् ।

सभापति देउवाले भनेका छन्,‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

कोरोनाका मुलुकको अर्थतन्त्रले चुनौति भोगिरहेका बेला अनावश्यक खर्च घटाउन समेत सरकारको ध्यान जान नसकेको सभापति देउवाको भनाई छ । देउवाले जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ३ : ४९ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका