सरकारविरुद्ध भद्र अवज्ञा आन्दोलनको विकल्प छैन – देउवा « Khabarhub

सरकारविरुद्ध भद्र अवज्ञा आन्दोलनको विकल्प छैन – देउवा


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीलाई कर तिर्न जारी गरेको उर्दि नसच्याए भद्र अवज्ञा आन्दोलनको विकल्प नभएको बताएका छन् ।

सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण व्यवसायमा समस्या परेकोतर्फ सरकारले ध्यान दिन नसकेको भन्दै आलोचना समेत गरेका छन् ।

देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘साना—ठुला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’

लकडाउनका कारण ब्यवसायीहरुले भोग्नु परेको जटिलता सम्बोधन गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको रहेको सभापति देउवाको भनाई छ ।

सरकार व्यवसायीको समस्या समाधानमा गम्भिर नभएको भन्दै कर तिर्न ताकेता गर्नु बुझेर पनि बुझ पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु भएको बताएका छन् ।

सभापति देउवाले भनेका छन्,‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

कोरोनाका मुलुकको अर्थतन्त्रले चुनौति भोगिरहेका बेला अनावश्यक खर्च घटाउन समेत सरकारको ध्यान जान नसकेको सभापति देउवाको भनाई छ । देउवाले जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ३ : ४९ बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको