कोरोना संक्रमितलाई निमोनियासँगै डेंगुको जोखिम « Khabarhub

कोरोना संक्रमितलाई निमोनियासँगै डेंगुको जोखिम


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका एक जना संक्रमितलाई डेंगु भएको छ।

दाङको बेलझुण्डी अस्पतालमा निमोनियसँगै डेंगु देखिएपछि एक पुरुषलाई मंगलबार राति रिफर भएर बुटवल ल्याइएको हो।

‘बेलझुण्डी अस्पतालबाट रिफर भएर आउनुभएको एक जना हुनुहुन्छ। उहाँलाई कोरोनाको कारण निमोनिया र डेंगु पनि पोजेटिभ देखिएको छ,’अस्पतालका कन्सल्टेण्ट डा. शुदर्शन थापाले भने ।

उनलाई कोरोना अस्पतालको आइसियुमा राखिएको अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले जानकारी दिए। बुटवलको कोरोना अस्पतालमा पछिल्लो समय अन्य जिल्लाबाट रिफर भएर आउने क्रम पनि बढेको छ।

केही दिन अघि मात्र कपिलबस्तुको तौलिहवा अस्पतालबाट एक जना संक्रमित रिफर भएर आएका थिए।

मधुमेहको समेत विरामी उनलाई २ दिन आइसियुको भेन्टीलेटरमा राखेर बाहिर निकालिएको थियो। ८ वटा आइसियु शय्या रहेको कोरोना अस्पताल बुटवलमा अहिले ३ जना भर्ना भएका छन्।

यस्तै जनरल वार्डतर्फ ३६ वटा बेडमध्य अब ६ वटा बेडमात्र खाली छ। अस्पतालमा भर्ना भएका ४ जना संक्रमित डिस्चार्ज भएसँगै ३६ बेडको जनरल वार्डमध्ये ६ बेड खाली छ। ३० बेडमा अझै संक्रमितहरु रहेका छन्। बुधबारमात्र कपिलवस्तुका ३ जना र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ०८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र