नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो « Khabarhub

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो ।

उनमा हेमोर्‍याजिक स्ट्रोक अर्थात मष्तिस्कमा रक्तश्राव भएको थियो । उनको शल्यक्रिया भएको थियो । उनको जेठ १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

आइसीयुमा उपचारत उनको आज मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमति मृतकको संख्या ९ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिका गरी ८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् । उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना  क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ५३ बजे

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको