संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता « Khabarhub

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् ।

मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ ।

देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

आफूहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको केसीले बताए । अहिले सरकारले संविधान संशोधन प्रकृया अघि सारेपछि अन्य दलहरूले संशोधन विधेयक दर्ता गराएका छन् ।

सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ ।

त्यसपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् भने कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गराएका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : ०८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्