सरकारले ८ देशका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढायो | Khabarhub Khabarhub

सरकारले ८ देशका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढायो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ८ देशका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

परराष्ट्रमन्त्रालयले लामो समयदेखि रिक्त रहेका देश र कार्यकाल सकिन लागेका देशमा नयाँ राजदूत पठाउनेबारे प्रक्रिया अगाडि बढाएको हो ।

हाल रिक्त रहेको दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकासहित अन्य पांच देशमा नयाँ राजदूत नियुक्ती प्रक्रिया अगाडि बढाएको हो ।

सरकारले अमेरिकामा एक वर्षअगाडि म्याद थपेर अर्जुन कार्की राजदूत छन् । परराष्ट्रमन्त्रालयबाट सहसचिवहरु तपस अधिकारी, निर्मल काफ्ले, गेहेन्द्रराज भण्डारी, जिवन श्रेष्ठ, रामकाजी खड्का राजदूतको दौडमा छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मी पनि अमेरिकाको राजदूत हुने लविङमा रहेका छन।

त्यस्तै चार महिनापछि थप चार देशका राजदूतको कार्यकाल सकिँदैछ । पाकिस्तान, बेलायत, जर्मनी र बेल्जियममा तीन र चार महिनापछि राजदूतहरुको कार्यकाल सकिँदैछ ।

जसअनुसार क्रमशः पाकिस्तानमा सेवा लम्साल, बेलायत दुर्गा बहादुर सुवेदी, जर्मनीका रमेश प्रसाद खनाल र बेल्जियम लोकबहादुर थापाको भदौ र असोजमा कार्यकाल सकिँदैछ ।

त्यस्तै परराष्ट्र सचिव शंकरदास बैरागीले पनि आगामी असोजबाट अवकाश पाउँदैछन् । बैरागीको ठाउँमा नयाँ सचिवका लागि दौडधुप सुरु भएको छ ।

सचिवका लागि भरतराज पौडेल, सेवा लम्साल र अमृत राईबीच प्रतिस्पर्धा छ । मुख्यसचिवमा परराष्ट्र सचिव वैरागी र वनसचिव विश्वनाथ ओली मध्य एक जनालाई बनाउने सरकारको तयारी छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : ४८ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरू बोल्ने क्रम सकियो

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि

किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी

दोलखा– जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किवी