हङकङबारे चीनको निर्णयमा नेपालको समर्थन « Khabarhub

हङकङबारे चीनको निर्णयमा नेपालको समर्थन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले हङकङका सम्बन्धमा १५ जेठमा पारित गरेको राष्ट्रिय सुरक्षासम्बन्धी ऐनलाई नेपालले समर्थन गरेको छ ।

नेपालले एक चीन नीतिलाई लिएर दोहोर्‍याउँदै हङकङलाई चीनको अभिन्‍न अंगको रुपमा लिएको जनाएको हो ।

चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले उक्त प्रतिक्रिया दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’

हङकङलाई चीनको अभिन्न अंगका रूपमा नेपालले सुरुदेखि नै समर्थन गर्दै आएको छ ।

 

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ४५ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि