बाँकेमा बारअनुसार व्यवसाय सञ्चालन गर्न दिइने, कुन बार के खुल्ने ? « Khabarhub

बाँकेमा बारअनुसार व्यवसाय सञ्चालन गर्न दिइने, कुन बार के खुल्ने ?


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन केही खुकुलो बनाउँदै व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले बारअनुसार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सुचना अनुसार अब हरेक आइतबार र बुधबार मोबाईल, ईलेक्ट्रोनिक्स, स्टेशनरी/पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा पसल खोल्न पाइने छ ।

त्यसैगरी सोमबार र बिहिबार कपडा, फेन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल सञ्चालन गर्न दिइने छ । मंगलबार र शुक्रबार अटो मोबाईल्स, कोल्ड स्टोर, जुत्ता, मोटरसाईकल तथा अन्य पसलहरु सञ्चालन गर्न दिइने जिल्ला प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ ।

व्यवसाय सञ्चालनका लागि  बिहान ११ बजेदेखी ३ बजेको समयावधिमा तोकिएको छ । औषधि पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा विउविजन बिक्रि गर्ने पसल भने हरेक दिन खोल्न पाइने भएको छ ।

बैंकहरु भने सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : १६ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण