लकडाउन खुकुलो बनाउन सरकारलाई विज्ञहरुको सुझाव « Khabarhub

लकडाउन खुकुलो बनाउन सरकारलाई विज्ञहरुको सुझाव


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।

बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिनुभयो,’ प्रेस सल्लाहकार थापाले भने, ‘विभिन्न क्षेत्रका २५ जना विषयगत विज्ञहरूले  कोरोना नियन्त्रण तथा रोकथाम र लकडाउन खोल्ने विषयमा आ-आफ्ना धारणा राख्नुभयो ।’

बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए ।

त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारले आवश्यक निर्णय लिने जानकारी दिएको प्रेस सल्लाकहार थापाले बताए ।

बैठकमा अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविदलगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पहिलो पटक छलफल गरेका हुन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ५० बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र