हङकङमा नयाँ सुरक्षा कानून लागु भएपछि धरपकड, प्रजातन्त्रवादी अभियान्ता विस्थापित « Khabarhub

हङकङमा नयाँ सुरक्षा कानून लागु भएपछि धरपकड, प्रजातन्त्रवादी अभियान्ता विस्थापित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा नयाँ सुरक्षा कानून लागु भएसँगै धरपकड सुरू भएको छ ।

धरपकडसँगै हङकङका प्रभावशाली प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित भएका छन् ।

प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि आफू हङकङबाट विस्थापित भएको बताएका छन् ।

सन् २०१४ मा अम्ब्रेला प्रदर्शनका क्रममा जेलमा पनि समय बिताएका उनले विदेशमै रहेर पनि प्रजातन्त्रको पक्षमा वकालत गरिरहने बताएका छन् ।

चीनले गत मंगलबार नयाँ सुरक्षा कानून पारित गरी बुधबारदेखि लागु गरेको छ । त्यसलगत्तै सो कानून अनुसार प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको धरपकड पनि सुरु भएको छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

पछिल्लो समय चीनले हङकङको स्वायत्ततालाई कुण्ठित गर्न प्रयास गरिरहेको अधिकारकर्मी तथा प्रजातन्त्र पक्षधरहरुको भनाई छ । गएको वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा लाखौँ मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : २३ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल