सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९३३ पुगेको छ ।

प्रदेशको एकै दिन १३८ जना नयाँ संक्रमित थपिएपछि कैलालीमा मात्रै संक्रमितको संख्या ८७४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना संक्रमित पुगेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ ।

कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ ।

प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए ।

वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ संक्रमणको दर स्थिर रहेको थियो तर कोरोना संक्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा संक्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म पीसीआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ ।

यस्तै आरडीटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : १४ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली