गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकको मृत्यु « Khabarhub

गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकको मृत्यु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर १८ महिने बालकको मृत्यु भएको छ ।

एक जना पुरिएका छन् । इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छन् ।

स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले बताए । इश्मा गाउँपालिका वडा नं. १ का स्वास्थ्य इन्चार्ज सम्शुल हक मियाले सारुगाउँमा गएको पहिरोमा दुई घर पुरिएको र दुई जना बेपत्ता भएको जानकारी दिए ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ ।

‘अहिले पहिरो झरिरहेकाले पुग्न सक्ने अवस्था पनि छैन्,’ स्वास्थ्य इन्चार्ज मियाल् भने, ‘गाउँमा पुग्न सक्ने सहज बाटो पनि नभएकाले अर्को बाटो हुँदै उद्धारका लागि जाने प्रयास भइरहेको छ ।’

घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए ।

‘इश्मा र मुसिकोटमा स्थानीय चौकीको प्रहरी टोली पुगिसकेको छ,’ उनले भने, ‘उद्धारको कार्यमा लागेकाले थप विवरण आइपुगेको छैन ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : १२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा