कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघका २ कर्मचारी निलम्बित « Khabarhub

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघका २ कर्मचारी निलम्बित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले इजरायलस्थित कार्यालयको गाडीभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघले दुई कर्मचारीलाई निलम्बन गरेको छ।

तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अंकित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो।

रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा एक जनासँग यौन क्रियाकलपा गरेको भिडिओमा देखिन्छ।

अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसंघले त्यसबारे अनुसन्धान सुरु गरेको छ।

राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताएका छन्।

राष्ट्रसंघका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरायलस्थित राष्ट्रसंघीय शान्ति सेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ।

उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन्। घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उनीहरू बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ०५ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल