कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघका २ कर्मचारी निलम्बित « Khabarhub

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघका २ कर्मचारी निलम्बित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले इजरायलस्थित कार्यालयको गाडीभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघले दुई कर्मचारीलाई निलम्बन गरेको छ।

तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अंकित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो।

रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा एक जनासँग यौन क्रियाकलपा गरेको भिडिओमा देखिन्छ।

अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसंघले त्यसबारे अनुसन्धान सुरु गरेको छ।

राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताएका छन्।

राष्ट्रसंघका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरायलस्थित राष्ट्रसंघीय शान्ति सेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ।

उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन्। घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उनीहरू बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ०५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक