पैसाबाट सर्न सक्ने कोरोनाको संक्रमणबाट कसरी बच्ने ? | Khabarhub Khabarhub

पैसाबाट सर्न सक्ने कोरोनाको संक्रमणबाट कसरी बच्ने ?


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व अहिले कोरोना महामारीको त्रासमा छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल लकडाउनकै अवस्थामा छ। लकडाउन भए पनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ।

ती आवश्यकता परिपूर्तिका लागि बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ। एटिएममा गएर हामी पैसा त निकाल्छौं तर त्यो कति सुरक्षित छ त भन्ने प्रश्न उठ्छ। पैसाका माध्यमबाट कोरोना भाइरसलगायत विभिन्न सङ्क्रमण फैलिने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ।

अध्ययनले के भन्छ त? अमेरिकाको न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु र ढुसी देखा परेका छन्। त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ।

विभिन्न किसिमका प्राणघातक सरुवा रोगको ब्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ।

एक तथ्याङ्कअनुसार अमेरिकामा वार्षिक ३६ हजार मानिसको फ्लूसँग सम्बन्धित रोग लागेर मृत्यु हुने गरेको छ । तीमध्ये १० प्रतिशतको मृत्यु पैसाबाट फ्लू लागेर हुने गर्छ। यसैगरी दक्षिण अफ्रिकाको पैसा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ।

पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले यो विभिन्न रोगको संवाहक हुन सक्छ। कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्

मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रममा पाइएको थियो। पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले यो विभिन्न रोगको संवाहक हुन सक्छ। कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छ।

नोटभन्दा सिक्कामा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ। नोटमा दुई दिन र सिक्कामा लामो समयसम्म भाइरस रहन सक्छ। स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने जनाएको छ। क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ। कार्ड पनि सङ्क्रमित हुन सक्छ।

चिकित्सकले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करीब दुई सातासम्म जीवित रहन सक्ने बताउँदै आइरहेका छन्। सरकारको निर्णय कस्तो छ कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कोरोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ।

पैसाका माध्यमबाट कोरोना भाइरस सङ्क्रमण सर्न सक्ने उच्च सम्भावना देखिएपछि सरकारले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने/गराउने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्न बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा वा इन्सोरेन्स कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित सुपर मार्केट तथा नगदको अत्यधिक प्रयोग हुने सम्पूर्ण क्षेत्रमा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने गराउने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई पैसा जम्मा गर्दा तथा सतही भुक्तानी गर्दा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउने व्यवस्था मिलाउन पटक पटक निर्देशन दिँदै आएको छ।

यस प्रकारको कार्यमा खर्च गरेमा संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत लेखापरीक्षण प्रतिवेदनमा खर्च देखाउन सकिने व्यवस्था गरिएको छ। कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिरहेको अहिलेका अवस्थामा पैसाबाट सर्न सक्ने सङ्क्रमण रोक्न बैंक तथा वित्तीय संस्थाले कीटाणुनाशक उपकरण प्रयोगलाई व्यापकता दिन सकेका छैनन्।

दैनिक रुपमा प्रयोगमा आएका पैसा मानिसको थुक, दिसापिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ।

ब्याक्टेरिया कसरी विकसित हुन्छ विभिन्न कारणबाट पैसामा ब्याक्टेरिया फैलावट हुने इञ्जिनियर राम बाडेले बताए। उनका अनुसार पैसाको जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी व्याक्टेरिया भाइरस फैलने सम्भावना हुन्छ।

‘दैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्नु जस्तै हो’, उनले भने, ‘जति बढी पैसाको प्रयोग हुन्छ, उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ ।’ दैनिक रुपमा प्रयोगमा आएका पैसा मानिसको थुक, दिसापिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ।

नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ। कसरी कीटाणुरहित बनाउने पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ।

इञ्जिनीयर बाडेका अनुसार ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट पैसालाई सहज रुपमा कीटाणुनाशक बनाउन सकिन्छ।

‘युभी रे टेक्नोलोजी’बाट पैसाको हरेक तहलाई कीटाणुनाशक बनाउन सकिँदैन। युभी रे को सम्पर्कमा आउँदा मानव शरीरमा छालाको अर्बुद तथा रोगविरुद्ध लड्न सक्ने क्षमतामा ह्रास आउनेजस्ता विभिन्न किसिमका प्राणघातक सङ्क्रमण हुन सक्छ’, उनले भने, ‘युभी रे टेक्नोलोजी र जेर्मिसाइड मेथोडबाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले प्लाज्मा आयोन टेक्नोलोजी अहिलेको अत्याधुनिक प्रविधि भएकाले यो उपयुक्त हो।’

प्लाज्मा आयोन टेक्नोलोजीले कसरी काम गर्छ भाइरस साह्रै सूक्ष्म भएका कारण तथा सजीव र निर्जीव दुवैका लक्षण बोकेको हुनाले यसलाई यी दुईबीचको जोडक पनि भन्ने गरिन्छ।

प्लाज्मा आयोन टेक्नोलोजीले मानवीय शरीरमा सकारात्मक परिवर्तन गर्ने गर्छ। वरपरको हावामा भएको सम्पूर्ण ब्याक्टेरिया, भाइरसलगायत अन्य कीटाणुलाई नष्ट गर्छ। साथै यो प्रविधिको प्रयोगले मानव शरीरको छालासमेत नरम, मुलायम र स्वस्थ्यकर बनाउनमा सहयोग गर्छ।

त्यसैले वातावरण र मानवमैत्री भएकाले पैसालाई सङ्क्रमणरहित बनाउन यो प्रविधि सबैभन्दा उपयुक्त देखिएको छ । प्लाज्मा आयोन टेक्नोलोजीले कसरी काम गर्छ भाइरस साह्रै सूक्ष्म भएका कारण तथा सजीव र निर्जीव दुवैका लक्षण बोकेको हुनाले यसलाई यी दुईबीचको जोडक पनि भन्ने गरिन्छ। अर्कातिर यसले यति द्रुत गतिमा आश्रय लिएको जीवमा प्रजनन गर्छ, जसले प्रोटिनको खोल ओढेर छक्याइदिन्छ।

यो प्रविधिले पैसालाई भाइरसबाट सङ्क्रमणरहित बनाउन सहयोग गर्छ। प्लाज्मा आयोनको पोजेटिभ आयोन र निगेटिभ आयोनले वायुवाट उत्पन्न ब्याक्टेरिया र भाइरसको प्रोटिन सतहलाई नष्ट गरिदिन्छ।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अष्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने यस्ता उपकरण प्रयोगमा ल्याइसकेका छन्।

‘पैसाबाट सर्ने यस्तो प्राणघातक रोगबाट बच्न कीटाणुनाशक उपकरण (प्लाज्मा आयोन टेक्नोलोजी) प्रयोग गर्नु अहिलेको आवश्यकता हो’, उनले भने, ‘यसका लागि सरकार र नेपाल राष्ट्र बैंकले प्रभावकारी भूमिका निर्वाह गर्नैपर्छ।’

विशेषज्ञहरुले कोभिड–१९ विरुद्ध प्रभावकारी खोप नबनेसम्मको अवस्थामा पैसाबाट हुन सक्ने सङ्क्रमण रोक्न प्लाज्मा आयोन टेक्नोलोजी प्रभावकारी सावित हुन सक्ने बताएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : १७ बजे

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

तनहुँ–  जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल