सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै अछाम, बैतडी, बझाङ, डोटी, कैलाली र कंचनपुरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु मध्ये ९ जना महिला र ३० जना पुरुष रहेका छन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३ जना बालबालिका समेत रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरु अछामका २ जना पुरुष, बैतडीका एकजना ८ महिने बालिका र ३ जना पुरुष, बझाङका एकजना पुरुष, डोटीका एकजना महिला र ११ जना पुरुष, कैलालीका साढे २ वर्षकी एक बालिका, २ जना महिला र ११ जना पुरुष र कंचनपुरका ३ जना महिला र २ वर्षका एक बालक र ३ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ४८ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको