बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । कसूर मुद्दामा फरार रहेका भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ का राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ पैँयूटारका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उच्च अदालत पाटनको ०७६ भदौ २ गतेको फैसलाले ज्यापूलाई ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन जेल तथा ०७६ मा३ २४ गतेको फैसलाले बुढाथोकीलाई १० लाख ५० हजार जरिवानासहित ७ दिन जेल सजाय सुनाएको थियो ।

उनीहरुले बैंकमा रकम नभएको जानी जानी रकम भुक्तानीका लागि चेक काटेर दिएका थिए । चेक बाउन्स भएपछि पक्राउ परेका दुवै जनालाई कैद भुक्तानी गर्न केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ४७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी