गुल्मी पहिरो : घाइतेको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

गुल्मी पहिरो : घाइतेको हेलिकोप्टरमार्फत उद्धार


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इश्मामा गएको पहिरोमा परी घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो ।

इश्मा गाउँपालिका-१ हस्तिचौरकोमल्दीमा गएको पहिरोमा परी घाइते भएका २७ वर्षीया ईश्वरी खत्री, ६४ वर्षीया टीका खत्री, २५ वर्षीया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज‍मा उपचार थालिएको छ । पहिरोमा परी वसन्त सारुका १८ महिने सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ३३ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक