दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो « Khabarhub

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संसदीय दलको नेता चयन प्रक्रियाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास संकुचित भएको बताएका हुन् ।

पाण्डेले एक सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

‘म नै पार्टी र पार्टी नै म’ भन्ने प्रवृत्ति हाबी हुँदा सुधारको ढोका बन्द हुने खतरा बढेको छ । उनले निर्वाचनमा भएको गम्भीर पराजयलाई पनि सामान्य रूपमा लिइनु चिन्ताजनक भएको उल्लेख गरेका छन् ।

पाण्डेले दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील बनाउनुको सट्टा अधोगतितर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले हाल पार्टी ९ सिटमा सीमित भएको अवस्थासमेत स्मरण गराउँदै अब पनि नेतृत्व सचेत नहुने हो भने भविष्य झन् चुनौतीपूर्ण बन्ने बताएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : २४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार