सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा | Khabarhub Khabarhub

सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो ।

आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव ओभरसियर पदमा २०४१ असोज १२ मा अस्थायी रुपमा प्रवेश गरेको र २०४३ असार ३१ गते ओभरसियर पदमा स्थायी नियुक्ति लिएको पाइएको छ । आयोगले २०६४ वैशाख १ गते इञ्जिनीयरमा पदोन्नति भएका आचार्य सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेको पाइएको छ ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद गरेको, घर निर्माण, सवारी साधन खरिदलगायतमा खर्च गरेको पाइएको आयोगले जनाएको छ । आयोगले २०७६ जेठसम्म गरेको अनुसन्धानका क्रममा आचार्यले रु दुई करोड सात लाख ७९ हजार ९८६ बराबरको सम्पत्ति वैधरुपमा आर्जन गरेको देखिएको जनाएको छ ।

यस्तै, रु पाँच करोड २९ लाख ४२ हजार ४६६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयको तुलनामा खर्च बढी भएको पाइएकाले रु तीन करोड २१ लाख ६२ हजार ४८० बराबरको सम्पत्तिको वैध आय स्रोत देखिएको छैन ।

आयोगले आचार्यको श्रीमती रितादेवी खनाल आचार्यको नाममा समेत राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरेको छ । आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले आजै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेका रुपमा कार्यरत विश्वनाथ कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले एक सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोग लागेको छ । आयोगले बिगोअनुसारको कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २३ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी