बहराइनमा नेपालीको ज्यान गएको छैन : दूतावास « Khabarhub

बहराइनमा नेपालीको ज्यान गएको छैन : दूतावास


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बहराइन– बहराइनस्थित नेपाली दूतावसले बहराइनमा कोरोना भाइरसका कारण अहिलेसम्म नेपालीको ज्यान नगएको स्पष्ट पारेको छ ।

गैरआवासीय नेपाली संघको तथ्यांक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको भन्दै आएको खबरको खण्डन गर्दै दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोही पनि नेपालीको कोरोनाको कारण ज्यान नगएको स्पष्ट पारेको हो ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना पुष्टि भएको छ । जसमध्ये कति नेपाली निको भए भनेर बहराइन सरकारले जानकारी दिएको छैन । तर बहराइनमा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै छ ।

बहराइनमा अहिलेसम्म ११ हजार २८८ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ६७३ जना निको भइसकेका छन् ।

४ हजार ५९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३७ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान