चीनले नेपालको भूमि मिचेको विरोधमा हिन्दूवादीद्वारा जनकपुरमा प्रदर्शन | Khabarhub Khabarhub

चीनले नेपालको भूमि मिचेको विरोधमा हिन्दूवादीद्वारा जनकपुरमा प्रदर्शन


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै जनकपुरमा प्रदर्शन गरेको छ ।

युवाहरुले शुक्रबार जनकपुर जनक चोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले चीनले नेपालको रुइ गाउँ कब्जा गरेको तथा सगरमाथा आफ्नो भएको दाबी गरेको विरोधमा प्रदर्शन गरेका हुन् । गतहप्ता पनि उनीहरुले काठमाडौँ र विरगञ्जमा प्रदर्शन गरेका थिए ।

अभियन्ता मनिष हिन्दूको नेतृत्वमा प्रदर्शनकारीले चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाइँदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद लगायतका नाराबाजी लगाएका थिए ।

उनीहरुले चीनले नेपालको सीमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि गैर परराष्ट्रमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरेका छन्।

उनीहरुले रुई गाउँलाई नेपालको नक्सामा समावेश गरी नयाँ नक्सा प्रकाशित गर्न समेत माग राखेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको