कोरोनाविरुद्धको लडाइँमा उत्तर कोरियाले सफलता पायो : किम जोङ « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा उत्तर कोरियाले सफलता पायो : किम जोङ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका नेता नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइँमा मुलुकलाई ‘सफलता’ मिलेको दाबी गरेका छन् ।

सत्तारुढ वर्कर्स पार्टीको पोलिट्ब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले घातक भाइरसलाई रोक्न सफल भएको र स्थिर अवस्था कायम गरेको बताएका हुन् ।

उत्तर कोरियाले ६ महिनाअघि नै आफ्नो सीमा बन्द गर्यो र हजारौं मानिसहरुलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ ।

किमले बिहीबार छ महिना लामो राष्ट्रिय आपतकाल घोषणा गरेपछि महामारीबारे थप अनुसन्धान गर्न सहयोग पुगेको बताएका छन् । उनले छिमेकी देशहरुमा अझै भाइरसको संक्रमण रहेको बताउँदै अधिकतम सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

के उत्तर कोरियामा कोरोना भाइरस फैलिएको छ ? कसैलाई वास्तवमा थाहा छैन । अन्तराष्ट्रिय नाकाहरु ३० जनवरी पछि बन्द गरिएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका भाइरस रोकथामका उपायमा सीमा क्षेत्रमा कार्यरत स्वयंसेवकहरू थिए र त्यहाँ देशभरिमा थुप्रै अपुष्ट रिपोर्टहरूसार्वजनिक भएका छन् ।

तर हालसालैका हप्तामा राजधानीमा मानिसको जीवनलाई सामान्य अवस्थामा ल्याइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०५ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल