कोरोनाविरुद्धको लडाइँमा उत्तर कोरियाले सफलता पायो : किम जोङ « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा उत्तर कोरियाले सफलता पायो : किम जोङ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका नेता नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइँमा मुलुकलाई ‘सफलता’ मिलेको दाबी गरेका छन् ।

सत्तारुढ वर्कर्स पार्टीको पोलिट्ब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले घातक भाइरसलाई रोक्न सफल भएको र स्थिर अवस्था कायम गरेको बताएका हुन् ।

उत्तर कोरियाले ६ महिनाअघि नै आफ्नो सीमा बन्द गर्यो र हजारौं मानिसहरुलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ ।

किमले बिहीबार छ महिना लामो राष्ट्रिय आपतकाल घोषणा गरेपछि महामारीबारे थप अनुसन्धान गर्न सहयोग पुगेको बताएका छन् । उनले छिमेकी देशहरुमा अझै भाइरसको संक्रमण रहेको बताउँदै अधिकतम सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

के उत्तर कोरियामा कोरोना भाइरस फैलिएको छ ? कसैलाई वास्तवमा थाहा छैन । अन्तराष्ट्रिय नाकाहरु ३० जनवरी पछि बन्द गरिएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका भाइरस रोकथामका उपायमा सीमा क्षेत्रमा कार्यरत स्वयंसेवकहरू थिए र त्यहाँ देशभरिमा थुप्रै अपुष्ट रिपोर्टहरूसार्वजनिक भएका छन् ।

तर हालसालैका हप्तामा राजधानीमा मानिसको जीवनलाई सामान्य अवस्थामा ल्याइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक