म्यानमारको 'जेड पत्थर' खानीमा पहिरोमा पुरिएर १६२ को मृत्यु | Khabarhub Khabarhub

म्यानमारको ‘जेड पत्थर’ खानीमा पहिरोमा पुरिएर १६२ को मृत्यु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ ।

म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरो आएको समयमा सो खानीमा ठूलो संख्याका कामदारहरुले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ ।

उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन् । घाइते भएका ५४ जनालाई अस्पताल लगिएको छ । पहिरोमा परेर हराइरहेका व्यक्तिको संख्या खुलाइएको छैन ।

केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जेडको प्रमुख स्रोत मानिने म्यानमारमा बहुमूल्य रत्न ’जेड’ खोज्न गएका बेला बर्षेनी दर्जनौको मृत्यु हुने गरेको छ ।

अधिकारीहरुले सन् २०१६ को नोभेम्बरमा पनि उक्त क्षेत्रमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् । म्यान्मारका खानीमा गत वर्ष भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : १० बजे

भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास

कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत

लम्की– कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको

नेप्से परिसूचक १६ अङ्कले बढ्यो

काठमाडौंं– यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज

श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको

अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट