काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा २७ लाखभन्दा बढी संक्रमित भएका छन् ।
सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २४ हजार ८०१ जना संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ३३ हजार ६७७ पुगेको छ ।
यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५१४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार १३० पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५५ हजार ४९६ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया