दुई नक्कली प्रहरी पक्राउ « Khabarhub

दुई नक्कली प्रहरी पक्राउ


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् ।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए ।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा  निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०३ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले