अमेरिकी अन्तरिक्ष यात्रीसहितको यान दुई महिनापछि पृथ्वीमा फिर्ता « Khabarhub

अमेरिकी अन्तरिक्ष यात्रीसहितको यान दुई महिनापछि पृथ्वीमा फिर्ता


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दुई यात्रीसहितको अमेरिकी अन्तरिक्ष यान २ महिनापछि पृथ्वीमा फर्किएको छ ।

बब बेन्कन र डग हर्ली नाम गरेका दुई यात्रीसहितको स्पेस एक्स ड्रयागन क्याप्स्यूल नामक अन्तरिक्ष यान समुन्द्रमा अवतरण गराइएको छ ।

४५ वर्षअघि अपोलो कमान्ड मोड्युल नामको यानपछि पहिलो पटक अर्को मानवसहितको अर्को यान पानीमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

उक्त यान अवतरणका क्रममा चार प्यारासुट प्रयोग गरिएका थिए । जसले प्रतिघण्टा ५६० किलोमिटर गतिको यानलाई समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरेको बताइएको छ ।

उक्त यान पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरे लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो।

‘स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ। स्पेस एक्समा उडाउनु भएकोमा धन्यवाद,’ स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणपछिको सन्देशमा भनेको थियो । अवतरणपछि अन्तरिक्षयात्रीहरूलाई चिकित्सकहरूको टोलीले परीक्षण गरेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : २४ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,