बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा « Khabarhub

बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकास्थित बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा आएको छ ।

वडा नम्बर–३ च्यास्मिटारको बोझेखोलादेखि वडा नम्बर–५ दुर्छिमको छोकमाला हुँदै सुनकोशी किनार जोड्ने नगरपालिकास्तरीय १२ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

नगरपालिकाकै विकट क्षेत्रका रुपमा रहेको हैदे र दाम्दलेलाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले बोझेखोला–छोकमाला–दाम्दले–हैदे–सुनकोशी झोलुङ्गे पुल सडकलाई प्राथमिकतामा राखेको थियो ।

नगरपालिकास्तरीय सडकका रुपमा दुई वर्षअघि नगरपालिकाले विनियोजन गरेको १५ लाख रकमबाट निर्माण गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएको थियो ।

नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब तीन किलोमिटर सडकखण्डलाई पूरा गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

बाँकी रहेको सडकखण्ड यसपल्ट नगरपालिकाकै तर्फबाट तेल हालेर नगरपालिकाकै मेशिन प्रयोग गरेर पूरा गरिएको हो । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोशी पुलसम्म पुर्‍याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्ने गरी विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

बोझे खोला–सुनकोशी झोलुङ्गे पुल सडक निर्माणका क्रममा छोकमालाबाट विकट बस्तीका रुपमा रहेको लाहाटुङसम्म सडक पुर्‍याइएको हो ।

सडक सञ्चालनमा आएपछि आवतजावत, दैनिक उपभोग्य वस्तु ढुवानी, तथा सुनकोशीको ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक अभावमा घण्टौँ पैदलयात्रा गर्दै आएका स्थानीय बासिन्दा आफ्नो घर आँगनमै यातायातको साधन आइपुगेपछि हर्षित भएका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको सबै वडामा कच्ची सडक पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा निर्माण गरिएको सडकमा बाह्रै महिना गाडी सञ्चालन हुने गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : ३५ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको