आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै   « Khabarhub

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये १३ प्रतिशत बढी महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  

‘महिला र पुरुष गरी देशभर १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएकोमा १६० जना महिला रहेका छन्,’ आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् । 

देशभर १ हजार २४ जनाले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

दलसहित भने १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष र १ जना अन्यबाट छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : ५० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र