ओली-दाहाल आज पनि वार्तामा, खनाल र नेम्वाङमा पनि सहभागी   | Khabarhub Khabarhub

ओली-दाहाल आज पनि वार्तामा, खनाल र नेम्वाङमा पनि सहभागी  


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सवा ९ बजेबाट सुरू भएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि संवादहिन अवस्थामा पुगेका ओली र दाहालबीच आइतबार पनि तीन घण्टा वार्ता भएको थियो ।  उक्त वार्ता निष्कर्षविहिन भएपछि ओली-दाहाल आज पनि वार्तामा जुटेका हुन् ।

एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड-माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।

असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् ।

ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो ।

यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड-माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड-माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए । त्यसयता स्थायी कमिटी बैठक नै भाँडिएको थियो ।

ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । बैठक नै अघि बढ्न नसकेपछि ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसे । तर, विवादको निकास भएन । बरू यहीबीचमा बसेको सचिवालय बैठकमा अग्रिम महाधिवेशनको विषयले प्रवेश पाएपछि नेकपा विवाद मत्थर हुने ठानिएको थियो ।

तर, त्यसमा ओली-प्रचण्डबीच भएको भनिएको सहमति २४ घण्टा नबित्दै उल्टिएपछि नेकपाको विवाद स्थायी कमिटी बैठक सुरू हुनु पूर्वकै अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : ५१ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी