खोलाले बगाएर एक वृद्धको मृत्यु « Khabarhub

खोलाले बगाएर एक वृद्धको मृत्यु


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यु भएको हो ।

गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यु भएको स्थानीय अर्जुन याखाले जानकारी दिए । ‘गाईबस्तु लिएर गोठालो जानु भएको थियो । खोला तर्ने क्रममा काठे पुलबाट चिल्लिएर खोलामा झर्नु भएछ ।’ उनले भने– ‘खोलाले बगाएर झण्डै २ सय मिटर तल पुर्याएर ढुंगामा अड्किएको अवस्थामा लास निकाल्यौ ।’

खोलाले बगाएर बृद्धाको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी डाडाबजार र ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि सोमबार बिहान धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ११ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण