कोरोनाबाट समस्यामा परेका नेपालीलाई कतारले दियो राहत कुपन « Khabarhub

कोरोनाबाट समस्यामा परेका नेपालीलाई कतारले दियो राहत कुपन



दोहा : कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि २२५० राहत कुपन उपलब्ध गराएको छ ।

विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिक तथा अन्य आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै सो राहत कुपन गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान मार्फत दिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पिडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।

कोरोनाबाट सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली श्रमिकहरुलाई देखापरेका समस्या समाधानका निम्ति गैरआवासीय नेपाली संघ कतारको समन्वयमा कतारको गृह मन्त्रालयद्वारा कतार च्यारिटिमार्फत नेपाली दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाएको छ ।

कतारमा कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भए भन्ने बारे दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ४६ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित