चिकित्सकमा कोरोना देखिएपछि सील गरिएको विराट नर्सिङ होम खुल्यो | Khabarhub Khabarhub

चिकित्सकमा कोरोना देखिएपछि सील गरिएको विराट नर्सिङ होम खुल्यो


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- वरिष्ठ चिकित्सकलाई कोरोना देखिएपछि सील गरिएको विराट नर्सिङ होम तथा विराटनगर अस्पतालको सेवा सोमबार बिहानबाट सञ्चालनमा आएको छ ।

अस्पतालले सार्वजनिक सूचनानै जारी गरी अस्पतालका आकस्मिक सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । ओपीडी (बहिरंग) सेवा भने हाललाई बन्द नै रहने भएको छ । अस्पतालको आन्तरिक व्यवस्थापनसँग जोडिएका चिकित्सकमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सील गरी सबै सेवा बन्द गरिएको थियो ।

ती चिकित्सकको अहिले काठमाडौंमा उपचार भइरहेको छ । आफ्नो पहिचान खुल्ने सबै विवरण लुकाएर स्वाब परीक्षणका लागि पठाएको र संक्रमण पुष्टि भइसकेपछि पनि ३८ घण्टासम्म सम्पर्कमा नआएको भन्दै उनको आलोचना भएको थियो ।

त्यसपछि नयाँ बिरामी भर्नामा रोक लगाउँदै अस्पताल साउन ८ गतेबाट सील गरिएको थियो । अस्पताल सील गर्दै त्यहाँका अरु चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा उनीहरुसँग सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरियो । परीक्षणका क्रममा विराटसँग आवद्ध १३ जनामा हालसम्म संक्रमण पुष्टि भइसकेको छ ।

सील गरिएको ११ दिनपछि आकस्मिक सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले बताए । उनले आकस्मिक बाहेकका अन्य सेवा भने तत्कालका लागि बन्दनै रहने जनाए ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याइसकिएका कारण अस्पतालको आकस्मिक सेवा सञ्चालन गर्न दिइएको बताए । अनुगमनका क्रममा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाइएको पाइएपछि आकस्मिक सेवा सञ्चालनको अनुमति दिइएको उनको भनाइ छ ।

‘आकस्मिक सेवा अति आवश्यक सेवा हो,’ कार्कीले भने, ‘स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरिसकेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता अस्पतालले जनाएका कारण त्यहाँबाट अन्यत्र संक्रमण फैलन सक्ने अवस्था नभएपछि सञ्चालन गर्न दिइएको हो ।’

स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि केही सर्त राखिएको र ती सर्त पूरा गर्ने भएपछि प्रक्रिया पूरा गरेर तत्काललाई सेवा सुचारु गर्ने वातावरण बनाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ०४ बजे

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको