‘नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप’ « Khabarhub

‘नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप’


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण तथा मध्य एशियाका वरिष्ठ निर्देशक लीसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताएकी छन् ।

ब्रुकिंग्स इष्टिच्युटद्धारा आयोजित वेबिनारमा बोल्दै कर्टिसले विशेष गरी नेपाल र श्रीलंका जस्ता छिमेकी देशमा चीनको प्रभाव र रणनीति बढिरहेको बताइन् ।

उनले चीनले नेपाल र भुटानको सार्वभौमसत्तालाई भुलेर आफ्नो गतिविधि बढाइरहेको बताइन् ।

गत ‘मे’ मा एक चिनियाँ सरकारी सञ्चार माध्यमले नेपालको सगरमाथा चीनले दाबी गरेको समाचार प्रकाशित गरेको प्रसंग उठाउँदै कार्टिसले नेपालको सार्वभौमसत्ता माथि चीनले आक्रामक गरेको उल्लेख गरिन् ।

यसैगरी, चीनले जुलाईको शुरुमा नै पूर्वी भुटानमा आफ्नो भू–भाग दाबी गरेको थियो ।

उनले पछिल्लो समय चीनको प्रभाव भारतका छिमेकीहरु, विशेष गरी नेपाल र श्रीलंका बढिरहेको बताइन् ।

वेबिनारमा सोधिएको प्रश्नको उत्तर दिँदै उनले यी देशहरुमा चीनले आर्थिक प्रभाव पार्नुको साथै आन्तरिक राजनीतिमा पनि हस्तक्षेप गर्दै आइरहेको बताइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ३१ बजे

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।