‘नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप’ « Khabarhub

‘नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप’


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण तथा मध्य एशियाका वरिष्ठ निर्देशक लीसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताएकी छन् ।

ब्रुकिंग्स इष्टिच्युटद्धारा आयोजित वेबिनारमा बोल्दै कर्टिसले विशेष गरी नेपाल र श्रीलंका जस्ता छिमेकी देशमा चीनको प्रभाव र रणनीति बढिरहेको बताइन् ।

उनले चीनले नेपाल र भुटानको सार्वभौमसत्तालाई भुलेर आफ्नो गतिविधि बढाइरहेको बताइन् ।

गत ‘मे’ मा एक चिनियाँ सरकारी सञ्चार माध्यमले नेपालको सगरमाथा चीनले दाबी गरेको समाचार प्रकाशित गरेको प्रसंग उठाउँदै कार्टिसले नेपालको सार्वभौमसत्ता माथि चीनले आक्रामक गरेको उल्लेख गरिन् ।

यसैगरी, चीनले जुलाईको शुरुमा नै पूर्वी भुटानमा आफ्नो भू–भाग दाबी गरेको थियो ।

उनले पछिल्लो समय चीनको प्रभाव भारतका छिमेकीहरु, विशेष गरी नेपाल र श्रीलंका बढिरहेको बताइन् ।

वेबिनारमा सोधिएको प्रश्नको उत्तर दिँदै उनले यी देशहरुमा चीनले आर्थिक प्रभाव पार्नुको साथै आन्तरिक राजनीतिमा पनि हस्तक्षेप गर्दै आइरहेको बताइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ३१ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको