१५१ स्थानीय तहले अझै बजेटको विवरण उपलब्ध गराएनन् « Khabarhub

१५१ स्थानीय तहले अझै बजेटको विवरण उपलब्ध गराएनन्


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७/७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार अहिलेसम्म ६०२ स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएका छन् ।

पेश नगर्ने स्थानीय तहमा प्रदेश नं १ का २२, प्रदेश नं २ का ६६, वाग्मती प्रदेशका २०, गण्डकी प्रदेशका १०, प्रदेश नं ५ का छ, कर्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका २२ वटा रहेका छन् । मन्त्रालयका प्रवक्ता अधिकारीले पुनःविवरण पठाउन निर्देशन दिएको बताए।

गत असार १० गतेभित्र सबै स्थानीय तहले आव २०७७/७८ को बजेट पेश गरेका थिए । स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ३ : ५६ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका