आज थपिए ४१८ कोरोना संक्रमित, ३५८ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ४१८ कोरोना संक्रमित, ३५८ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुग्यो


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ५ जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, मोरङका ९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराटमा गरिएको परीक्षणमा सिराहाका ३ जना र सप्तरीका ५१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका ८ जना, कैलाीका ३५ जना, कंचनपुरका ८ जना, र रसुवाका एकजनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका १७ जना र रौतहटका २ जना, पाटन अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका एकजना, चितवनका एकजना र गुल्मीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजना र काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, दोलखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका एक जना, वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ८ जना, बर्दियाका एकजना, दाङका एकजना र कैलालीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिकामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका कंचनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ३५८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म ७१.१ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ४९ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २

लुटपाटको अभियोगमा पक्राउ

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जना पक्राउ

कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी– चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा

श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन्

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता  

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी