नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा « Khabarhub

नेपालका कुन प्रदेशमा कति संक्रमित ? ४ जिल्ला ‘ग्रीन जोन’मा


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६३७ पीसीआर परीक्षणमा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

सोमबार ३५८ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म १४ हजार ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश नम्बर १ मा ८७५, प्रदेश नम्बर २ मा ३ हजार १७६, बागमती प्रदेशमा ५४३ र गण्डकी प्रदेशमा १ हजार ३३० जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७२३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २४८ जना डिस्चार्ज भएका छन् ।

कुन प्रदेशमा कति संक्रमित 

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् ।

जसमा प्रदेश नम्बर १ मा २९०, प्रदेश नम्बर २ मा २ हजार ३५७, बागमती प्रदेशमा ६५१ र गण्डकी प्रदेशमा २७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३१५, कर्णाली प्रदेशमा २९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २९६, प्रदेश नम्बर २ मा १ हजार १४४, बागमती प्रदेशमा ८२६ र गण्डकी प्रदेशमा २ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३४०, कर्णाली प्रदेशमा ५१४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् ।

४ जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिए । भोजपुर, संखुवासभा,  मनाङ र मुस्ताङ गरी चार जिल्लामा एकजना पनि कोरोना संक्रमित रहेका छैनन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ५ : १६ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि