नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने « Khabarhub

नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।

यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्मृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ ।

लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्यून ब्याजदर रहेको जनाइएको छ ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु. २५ लाख देखी रु. ९९ लाख सम्मको लागि लघु उद्यम कर्जा र रु. १ करोड देखी रु. ३ करोड सम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी  समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने जनाइएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ ।

घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो ।

यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखि २० वर्ष सम्म कायम गरिएको छ ।

नेपालकै फ्ल्यागसिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटीएम तथा २९ बटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्‍याइ कुल शाखा संख्या २१४ पुर्‍याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ०१ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव