सेतीमा बेपत्ता दुबै जना स्वास्थ्यकर्मीको शव फेला  « Khabarhub

सेतीमा बेपत्ता दुबै जना स्वास्थ्यकर्मीको शव फेला 


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले दिएको जानकारीअनुसार बझाङ जिल्ला घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंहको शव आज शिखर नगरपालिका–१० बणैताप भन्ने ठाउँमा फेला परेको हो ।

आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव केआईसिंह गाउँपालिका–५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो ।

नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनीहरु दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा नुहाउन गएका बेला उनीहरु दुवै जना नदीमा बगेर बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी कार्य गरिरहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ०० बजे

लामिन यामल भन्छन्- मेसी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ