सेतीमा बेपत्ता दुबै जना स्वास्थ्यकर्मीको शव फेला  « Khabarhub

सेतीमा बेपत्ता दुबै जना स्वास्थ्यकर्मीको शव फेला 


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले दिएको जानकारीअनुसार बझाङ जिल्ला घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंहको शव आज शिखर नगरपालिका–१० बणैताप भन्ने ठाउँमा फेला परेको हो ।

आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव केआईसिंह गाउँपालिका–५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो ।

नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनीहरु दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा नुहाउन गएका बेला उनीहरु दुवै जना नदीमा बगेर बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी कार्य गरिरहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ०० बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले