विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक « Khabarhub

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ७९४ को मृत्यु भएको छ ।

एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ६१ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ ।

ओसियानामा १९ हजार ७२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २८ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि