विश्वास टुट्न दिने छैन: सिलवाल « Khabarhub

विश्वास टुट्न दिने छैन: सिलवाल


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् ।

नेपाल भलिबल सङ्घले उनले सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भने, “खेलकूदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु, मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकूद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु, उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।”

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्ना तर्फबाट त्यसका लागि पहल शुरु भइसकेको बताए । उनले भलिबल सङ्घलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबका चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा सदस्यसचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायत पदाधिकारीले बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ४४ बजे

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल