जोन्टा क्लबद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेशन आयोजना « Khabarhub

जोन्टा क्लबद्वारा घरेलु हिंसाविरुद्ध डिजिटल प्यानल सेशन आयोजना


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउनपछि महिलाविरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा “बन्द ढोका पछाडी कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शीर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको छ ।

यसको उद्देश्य लकडाउनको दौरान महिलाविरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको थियो । मुद्दामा समग्र समिक्षा प्रदान गर्ने यो पहिलो सेशन थियो ।

नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत १०, २०७६ बाट देशव्यापी लकडाउन लागू गरेको थियो ।

यससंगै, महिला र केटीहरु विरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४० प्रतिशतले वृद्धि भएका छन् ।

घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ, महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसंग फसेका छन् र उनीहरुसंग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।

बन्दना राणा, यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्मूलन महासन्धि समितिकी उपाध्यक्ष तथा यस प्यानलकी एक वक्ताले टिप्पणी गरिन् ।

“कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको छ र साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले “छाँया महामारी” घोषणा गरेको छ । छाँया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ जसलाई प्राथमिकता र सम्बोधन गर्न आवश्यक छ ।”

जोन्टियन सीमा गोल्छा, जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्षले भनिन, “जोन्टा क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पिडित महिला र केटीहरुको आवभगत गर्नु हो जो लकडाउनका कारण अपराधीहरुसंग फसेका छन् । डिजिटल प्यानल सेशनमार्फत हामी यस्ता घटनाहरुलाई मिडियामा अगाडि ल्याउँन चाहन्छौं ताकि कार्य र समाधान बाहिर आउन सकोस् ।”

यो सेशन यशोदा तिमसिना, डीसी सल्लाहकार/सम्पादक, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्तले मध्यस्थ गरेकी थिइन ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १ : ५७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको