मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटेको पुष्टि « Khabarhub

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटेको पुष्टि


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियमा नेपालीमाथि भएको कुटपिट घटनाका पीडित र पीडक दुबैजना नेपाली नै रहेको र उनीहरु दूतावासको सम्पर्कमा आएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले विज्ञप्ति जारी गरी घटनाका पीडित र पीडक दुवैजना नेपाली रहेको र उनीहरू दूतावासको सम्पर्कमा आएको जानकारी दिएको हो ।

दूतावासले ती दुवैजना कार्यरत रहेको सुरक्षागार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनी पीआइकेएमलाई उक्त घटनाबारे सत्यतथ्य बुझ्न अनुरोध गरेको पनि जनाएको छ ।

उक्त घटनामा पीडित रहेका व्यक्ति नवलपरासी जिल्लाका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तु जिल्लाका श्रीरामगोपाल मुराउ रहेको दूतावासले जनाएको छ ।

उनीहरू दुवैजना मलेसियाको कानुनअनुसार अवैधानिक रूपमा रहेको पनि दूतावासले उल्लेख गरेकाे छ ।

उक्त घटना ७ जुलाई २०२० बिहान करिब १० बजे भएको उनीहरूले बताएकाे दूतावासको भनाइ छ । र, उक्त घटना क्वालालम्पुरस्थित एम थ्री मलमा भएको थियो ।

घटनामा संलग्न दुईमध्ये पीडक सेक्युरिटी सुपरभाइजरका रूपमा कार्यरत रहेको र पीडित व्यक्ति सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

घटनामा पीडकका रूपमा संलग्न मुराउ स्वेच्छाले नै सोमबार मलेसियाली प्रहरीसमक्ष उपस्थित भएका छन् ।

अब घटनाको छानबिन मलेसियाली प्रहरीले गर्ने दूतावासले जनाएको छ । निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : ०४ बजे

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

काठमाडौं– नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा

सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे